पोलेको मकैको मिठास र हाम्रो स्वस्थ्यको लागि फाइदा

       असार महीना मानो खाई मुरि उब्जाउने समय सारै रमाइलो हुने गर्दछ | यो समय सबैले खेत बारीमा मात्र होईन सहर बजारमा अज भनौ भने ठूल्ठूला सहरहरुको गल्ली र सडकको छेउछाउ छ्याप्छ्याप्ति  देख्न पाईन्छ मकै आजभोली यो समय मकैको समय यानकी मकैको सिजन | हामीहरु देख्न सकिन्छ की गल्ली र सडकको छेउछाउ मकैलाई पोलेर अनि उसिनेर बेच्नेहरु प्रशस्त मात्रामा भेटिन्छ र पोलेको र उसिनेको स्वादमा मस्त हुँदै मकै खानेहरूको पनि कमी हुदैनन  | 
    यो मौसमको मकै दुधालु अनी अतिनै स्वदीलो खालको हुनुको साथै पोषणयुक्त पनि हुन्छ | असार महिनाको ताजा मकै उसीनेर खानुहोस या पोलेर खानुहोस यो पौस्टिक तत्त्व प्रशस्त मात्रामा हुन्छ | मकैमा कार्बोहाइट्रेड, फोलिक एसिड र प्रोटिन जस्ता पौस्टिक तत्त्वहरु मकैमा पाईन्छ | त्यसै कारनले गर्दा मकै  हाम्रो लागि निकै नै स्वास्थ्यबर्धक मानिन्छ | 
  तपाई पनि मकै खानि बानी छ भने अति राम्रो यदि खानि बानी छैन भने आज बाट नै खान थाल्नुहोस किनकी आयुर्बेदको हिसाबले पनि उसीनेको या पोलेको मकैले कफ, पित्तलाई नास गर्न सक्ने, तृप्तदायक, वातकारक, पाचन प्राणाली राम्रो गराउने साथै भोक जगाउन सक्ने क्षमता भएको खाद्यन्न मानिन्छ | यदि तपाईलाई पनि स्वस्थ्य रहन चाहनुहुन्छ भने आबस्यक मात्रामा मकै खानुहोस | यसका फाईदा अरुपनि छन जसलाई तल बुदागत रूपमा दिएको छ | 




  1. उसीनेको या पोलेको मकैमा अत्यधिक मात्रामा म्याग्नेसीएम, आइरन, कपर तथा फोस्फरस हुन्छ | यसले  हड्डीलाई बलियो बनाउदछ |
  2. यदि तपाईंहरुमा  पिसाब पोल्ने गरेको छ भने काचो मकैलाई छोडाएर राम्रोसंग पखाल्नुहोस र एकदिन (२४ घण्टा ) सफा पानीमा भिजाउनुहोस उक्त पानीलाई मिश्रीसंग खानाले पिसाब पोल्ने  समस्या समाधान हुदै जान्छ | 
  3.  मकैमा भिटामिन सि, क्यारोटीनाइड तथा  बायोफ्लेभीनोइड् तथा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट हुने हुँदा रोग प्रतिरोध क्षमता  बड्ने, छाला कोमल हुनुको साथै बुढ्यौलीपनको लक्षण छिटो देखिने समस्या कम हुन्छ | 
  4. यसले उच्च रक्तचापको समस्यालाई नियन्त्रण गरी रक्तप्रवाहलाई सन्तुलित गर्दछ र रगतमा हुने कोलेस्ट्रोलको मात्रा बढ़न रोक्दछ र मुटुलाई स्वस्थ्य राख्दछ | 
  5. पोलेको या उसीनेको मकै खाने गर्नाले अल्सर, कब्जियत तथा पेटको क्यान्सरको जोखिमलाई नियन्त्रण गर्दछ  | 
  6. मकैको परिकार खानाले मिर्गौलालाई स्वास्थ्य राख्न मद्दत गर्दछ | 
  7. मकैमा प्रसस्त मात्रामा फाईबर हुने हुँदा पाचन प्रणालीलाई  संतुलित राख्दछ र पेटको अान्द्रालाई स्वास्थ्य बनाई राख्दछ | 
  8. यसमा फोलिक एसिड पर्याप्त मात्रामा हुने हुँदा गर्भको शिशुको लागि पोषण पूर्ण रुपमा आपूर्ति हुने हुँदा गर्भवती महिलाको लागि मकै निकै उत्तम खाद्यान्न मानिन्छ | 

Comments

Post a Comment

Popular posts from this blog